ब्राजिलको रियो दि जेनेरियोमा वर्षा र पहिरोमा परी ९४ जनाको मृत्यु
नेपाल अन्तर्राष्ट्रिय प्रेस सेन्टर । भारी वर्षा र त्यसपछिको पहिरोका कारण ब्राजिलको रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस शहरमा कम्तीमा ९४ जनाको मृत्यु भएको सञ्चारमाध्यमले बिहीबार जनाएको छ।
स्पुतनिक समाचार एजेन्सीले मिडिया रिपोर्टलाई उद्धृत गर्दै करिब ८० जनाको ज्यान गएको जनाएको छ ।
विपद्का कारण ५४ घर ध्वस्त भएका छन् । त्यसैगरी जी(१ प्रसारकलाई उद्धृत गर्दै, रूसी समाचार एजेन्सीले नागरिक रक्षा सेवाले २४ जनाको उद्धार गरेको छ भने ३५ जना अझै हराइरहेको उल्लेख गरेको छ।
ब्राजिलमा मङ्गलबार भारी वर्षाका कारण पहिरो र बाढी आएको छ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्ना मन्त्रीहरूलाई पेट्रोपोलिसमा बाढी पीडितहरूलाई सहयोग गर्न निर्देशन दिनुभएको छ।
अर्को: नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता
सम्बन्धित पढाइ
- कोरोना सङ्क्रमण तीव्र, स्वास्थ्य मापदण्ड शून्य
- नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता
- अन्नपूर्ण पदमार्गमा पर्यटक बढे
- २ वर्षपछि मलेसियाबाट आउन थाल्यो नेपाली श्रमिकको माग
- भक्तपुर नगरमा नवदुर्गा देवगणको ङालाकेगु जात्रा सुरु
- ब्राजिलको रियो दि जेनेरियोमा वर्षा र पहिरोमा परी ९४ जनाको मृत्यु
- मुुक्तकमैया शिविरमा आगलागी, ७१ घर जले, ३०० जना विस्थापित
- सरकारले निजी क्षेत्रलाई भन्यो- आर्थिक गतिविधिमा प्रतिवन्ध लाग्दैन
- शान्ति मिसनमा धेरै सैनिक पठाउने सूचीमा नेपाल पहिलो
- आजदेखि भक्तपुरमा मास्क नलगाउनेलाई १ सयदेखि ६ सय रुपैयाँसम्म जरिवाना