नेपालको पहिला ब्याटिङ, सूर्य र रिजन क्यानडाविरुद्ध डेब्यु गर्दै
काठमाडौँ — नेपालले क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । क्यानडा र नेपाल तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखलामा प्रतिस्पर्धा गरिरहेका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालबाट देब्रेहाते स्पिनर सूर्य तामाङ र देब्रेहाते मध्यमगतिका बलर रिजन ढकालले डेब्यु गरिरहेका छन् । शनिबार सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूर्य ३० विकेट लिँदैउत्कृष्ट बलर र प्लेयर अफ द सिरिजमा चुनिएका थिए ।
रिजनले प्रधानमन्त्री कपमा १५ विकेट लिएका थिए । सूर्य र रिजन नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्रमशः ३८ र ३९ औं खेलाडी हुन् ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, ललित राजवंशी, सूर्य तामाङ, रिजन ढकाल रहेका छन् ।
नेपालबाट पवन सर्राफले पुनरागमन गरिरहेका छन् । उनले २०२२ को जुलाई यता पहिलो खेल खेलिरहेका छन् । नेपालले हेमन्त धामी, आकाश चन्द, देव खनाल र अनिल शाहलाई प्लेइङ ११ बाहिर राखेको छ ।
सम्बन्धित पढाइ
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ सुरु
- विश्वकप छनोट : बलिङ चम्किंदा नेपालको विजयी सुरुवात
- अमेरिकाको ‘बलजफ्ती कूटनीति’को विरोध गर्छौं : चीन
- नेपालको पहिला ब्याटिङ, सूर्य र रिजन क्यानडाविरुद्ध डेब्यु गर्दै
- ‘बुद्धले जहाज संख्या २१ पुर्याउँदैछ, सुरक्षामा सम्झौता हुँदैन’
- प्रजातन्त्र दिवसमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी
- बैंक तोडफोड गरेको आरोपमा युवक पक्राउ
- माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि सर्यो
- एमसीसीबारे मन्त्री झाँक्री : मैले प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त हुँदैन
- सर्वोच्च अदालतको पूर्ण बैठक : कार्की समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय