प्रजातन्त्र दिवसमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी
६ फागुन, काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यका अनुसार प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासमेत ५०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ।
सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।
यसैगरी आङनिमा शेर्पासमेतका १२ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
हेर्नुस् राष्ट्रपति कार्यालयको विज्ञप्ति
अर्को: एमसीसी पास भए देश गृहयुद्धमा जानसक्छ : सीपी गजुरेल
सम्बन्धित पढाइ
- भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि
- कुटपिट गरी घाइते बनाएको आरोपमा ३ जना पक्राउ
- अमेरिकाको ‘बलजफ्ती कूटनीति’को विरोध गर्छौं : चीन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ सुरु
- नदीजन्य पदार्थको उत्खनन गर्ने स्थानमा सूचनापाटी राख्न परिपत्र
- रुपन्देहीबाट अपहरित दुई बालबालिका झापाबाट उद्धार
- कुरा मिलेन भने गठबन्धन चल्दैन : गगन थापा
- एमसीसी पास भए देश गृहयुद्धमा जानसक्छ : सीपी गजुरेल
- प्रजातन्त्र दिवसमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी
- थप ४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु